×

NMB BANK
NIC ASIA

तातोपानी नाका खुलाउन चीन सकारात्मक, पुनर्निर्माणका लागि सम्झौता

चैत १, २०७४

NTC
Premier Steels

काठमाडौं, १ चैत- भूकम्पपछि बन्द रहेको तातोपानी नाका शुचारु गर्न चीन सरकारले चासो देखाएको छ ।  

Muktinath Bank

भूकम्पमा क्षति पुगेको नाकाको चेकपोइन्ट पुनर्निर्माणका लागि  बिहबार नेपाल र चीनबीच सम्झौता भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि बन्द रहेको तातोपानी नाका पुनर्निर्माण गर्ने सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गरे । 
भूकम्पले भत्किएको नाकामा रहेको चीनियाँ पक्षको चेक पोइन्ट छिट्टै बनाउने चीनले जानकारी दिएको अर्थमन्त्रालयले जनाएको छ ।  


Advertisment
Nabil box
Kumari

अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डेकाअनुसार चेक पोइन्ट पुनर्निर्माण गर्न चीन सहमत भएसँगै छिट्टै नाका खुल्ने विश्वास सरकारले गरेको छ ।  उनले भने, ‘चीन भत्किएको चेक पोइन्ट पुनर्निर्माण गर्न सहमत भएको छ, यसलाई चीन छिट्टै नाका खोल्न पनि तयार हुनेछ भन्ने बुझ्नुपर्छ । यसअघि चीनले नेपाल तिरको बाटो पुनर्निर्माणका लागि दिएको १६ अर्ब पनि खर्च गर्दै छिटो काम गरे छिट्टै नाका सुचारु हुनेछ ।’

Vianet communication

यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।

यसअघि गत असारमा काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११औं बैठकमा दुबै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका थिए । बैठकमै भन्सार नाकाको पुनर्निर्माण र थप संरक्षण कार्यको लागि करिव २ अर्ब रुपैयाँ चीन सरकारले छुट्याएको चिनियाँ पक्षले जानकारी सरकारलाई गराएको थियो ।

बिहिबार भएको सम्झौतामा नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोग अन्तर्गत तातोपानी भन्सार नाकासँगै सिन्धुपलाञ्चोक अस्पताल र जिरी माविको पुनःनिर्माणको विषय समेत समेटिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x