२५ असार २०८३, बिहीबार

जेल सजाय काटेर स्वदेश फर्किंदा नेपालीको मृत्यु

जेल सजाय काटेर स्वदेश फर्किंदा नेपालीको मृत्यु

काठमाडौं, १ चैत– मेलिसायमा गैरकानूनी अवस्थामा कार्यरत रहेको अभियोगमा ३ महिना जेल सजाय काटेर नेपाल फर्किने तयारीमा रहेका एक युवकको मृत्यु भएको छ । 

काभ्रेको माझीफेदा स्थायी ठेगाना भएका अंगेश तामाङको घर फर्कने तयारी गरिरहेको अवस्थामा मृत्यु भएको हो । 

मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्रमा रहकै अवस्थामा अचानक बिरामी भएपछि अंगेशको उपचारकै क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 

३ महिना जेल बसेका अंगेश यही मार्च २२ मा स्वदेश फर्किने मिति तय थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्