
काठमाडौं, २ चैत– प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्।
यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नै दलका शीर्ष नेतासँग बिहीबार छलफल गरे भने बालुवाटारमै माओवादी केन्द्र र संघीय फोरमलाई आन्तरिक पार्टी छलफल र अन्तरपार्टी छलफलको वातावरणसमेत मिलाइदिए।
राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्रीले त्यसयताको तीन दिन माओवादी अध्यक्ष दाहालसँग लगातार छलफल गर्दै आइरहेका थिए।, अन्नपूर्ण पोस्टमा खबर छ ।
क–कसको सम्भावना ?
एमाले
प्रदेश १ -भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ
प्रदेश २ -रघुवीर महासेठ
प्रदेश ३ -कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा
प्रदेश ४ -रवीन्द्र अधिकारी
प्रदेश ५ -प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा
प्रदेश ७ -प्रेम आले र नारदमुनि राना
माओवादी
प्रदेश ७ -बिना मगर
प्रदेश २ -गिरिराजमणि पोखरेल
प्रदेश ५- वर्षमान पुन
प्रदेश ६ -जर्नादन शर्मा र शक्ति बस्नेत