३१ जेठ २०८३, आइतबार

विमान दुर्घटनाका मृतकको लिंग पहिचानमै समस्या

चैत २, २०७४
विमान दुर्घटनाका मृतकको लिंग पहिचानमै समस्या

काठमाडौं, २ चैत–यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सनाखतमा समस्या देखिएको छ । दुर्घटनामा निधन भएकाहरूको विभिन्न अंगहरू जलेका कारण लिंग पहिचान नै कठिन बनेको छ ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. प्रमोद श्रेष्ठले बिहीबारसम्म ३५ जनाको शव पोस्टमार्टम गरिसकेको बताए । मृतकको शरीरमा भएको कोठी, खत, पुरानो घाउचोट, पुरानो अप्रेसन गरेका चिह्नलगायत हुलियाबाट चिकित्सकहरू शवको वास्तविक पहिचान गर्न प्रयासरत छन् ।

डा. श्रेष्ठले भने, ‘पोस्टमार्टम गर्दा दाँतको पनि जाँच गरिरहेका छौं । कतिपयको फिंगर प्रिन्टसमेत लिएका छौं । यति गर्दा पनि पत्ता लगाउन नसके डीएनए जाँच गर्ने योजना बनाएका छौं।’

दुई वटा शवको हुलियासहितको तथ्यगत विवरणसमेत प्राप्त भएको छैन। शव डढेका कारण कतिपयको फिंगर प्रिन्ट लिनसमेत सकिएको छैन ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्