
काठमाडौं, २ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
प्रधानमन्त्री बनेको एकमहिना वित्नै लाग्दा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।
ओलीले संघीय समाजवादी फोरमबाट दुई जना तथा माओवादी र एमालेबाट समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
फोरमबाट पार्टी अध्यक्ष उपेन्द्र यादव र प्रदीप यादव मन्त्री बन्ने तयारीमा रहेको फोरम श्रोतले जानकारी दियो ।
सरकारमा फोरमकोसमेत सहभागीता हुने भएपछि सत्तारुढ दलहरुबीच मन्त्रालयको संख्या पनि थप गर्ने सहमति भएको छ । यसअघि १८ मन्त्रालय रहने निर्णय भएको तीनवटा मन्त्रालय थप गर्ने सहमति भएको छ ।