
काठमाडौं, २ काठमाडौं–नेकपा एमालेले आफ्नो भागमा परेको मन्त्रीहरु चयन गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरुसँग छलफलसँग गरेर नाम टुंगो लगाएका हुन् ।
एमालेले प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रविन्द्र अधिकारी, रघुविर महासेठ, जगत विश्वकर्मालाई मन्त्री बनाउने निर्णय गरेको छ भने गोकुल बास्कोटालाई राज्यमन्त्री बनाउने भएको छ ।
ज्ञवालीलाई परराष्ट्र, विष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन, महासेठलाई भौतिक पूर्वाधार, जत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितको मन्त्रालयल हेरफेर गरिएको छ । उनले अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको जिम्मेवारी पाउनेछन् ।
एमालेबाट पहिलो चरणमा इश्वर पोखरेल रक्षा, डा. युवराज खतिवडा अर्थ तथा थममाया थापा महिला मन्त्री बनिसकेका छन् ।