०२ असार २०८३, मंगलबार

सरकारमा किन अटाएनन् जनार्दन शर्मा ?

चैत ३, २०७४
सरकारमा किन अटाएनन् जनार्दन शर्मा ?

काठमाडौँ, ३ चैत- माओवादी केन्द्रका नेता जनार्दन शर्मा  केपी ओली नेतृत्वको सरकारबाट बाहिर परेका छन् |  रामबहादुर थापाले गृह पाउनु अघिनै   यस मन्त्रालयमा इच्छा देखाएका उनले त्यो नपाउने भएपछि   ऊर्जाका लागि लबिङमा थिए । 
पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो । 
शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन्, आजको नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्