२३ जेठ २०८३, शनिबार

डाइनिया बजारमा रहेकाे सुनचाँदी पसलमा आगलागी

डाइनिया बजारमा रहेकाे सुनचाँदी पसलमा आगलागी

मोरङ, ३ चैत- सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ । 

साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा रु चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ ।

आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्