
काठमाडौं, ३ चैत-राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की शशिकला दाहालले उम्मेदवारी दिएकी छन् । प्रदेश नम्बर २ बाट महिला कोटामा राष्ट्रियसभा सदस्य निर्वाचित दाहालले सत्ता गठबन्धनको साझा उम्मदवारको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
यस्तै कांग्रेसका तर्फबाट विन्दादेवी आलेले उम्मेदवारी दर्ता गराएकी छन् । उनी प्रदेश नम्बर ४ बाट महिला कोटामा राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् ।
राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पुरुष भएकाले उपाध्यक्ष महिला नै हुनुपर्ने कानूनी व्यवस्था छ ।