३१ जेठ २०८३, आइतबार

लक्ष्मी परियार हत्या प्रकरण : मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

कात्तिक २०, २०७४
लक्ष्मी परियार हत्या प्रकरण : मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र
काभ्रे, २७ मंसिर -काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या प्रकरणमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ । तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबिन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नमिलेको आजको नयाँ पत्रिकामा खबर छापिएको छ  ।
गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए । स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हरि लामाको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाइएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो । दुई वर्षको भाइ रोएपछि दूध खुवाउन स्थानीयको कोदोबारीमा पुगेकी आमामाथि भएको दुव्र्यवहारबारे उनका १० वर्षीय छोरा सुमनले दिएको बयान आइतबार प्रकाशित भएको थियो ।
आइतबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख सहकुल थापाले लक्ष्मीलाई कुटपिट गरेको दिनदेखि हत्या र त्यसपछि भइरहेको अनुसन्धानबारे जानकारी गराए । मलमूत्र खुवाएको र कसले हत्या गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए । प्रहरीले मलमूत्र खुवाएको विषयमा कुरा बाझिएको बताएको छ ।
तर, पत्रकार सम्मेलनमा लक्ष्मीकी सासू विष्णुकुमारीले घटनामा प्रहरीकै कमजोरी भएको भन्दै आक्रोश पोखिन् । ‘प्रहरीलाई बुहारीले मलाई हीरा सर र उनकी आमा काइँलीमायाले दिसा खुवाएको र बोक्सी भन्दै कुटेको बताए पनि प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले महिलासम्बन्धी कुनै पनि विषय आफूले नहेर्ने बताउनुभयो,’ उनले भनिन्, ‘उहाँले गाउँमै मिल्नुहोस् भन्दै सही गर्न लगाउनुभयो ।'
हीरा सरले हाम्री बुहारीका विषयमा उल्टै प्रहरीमा उजुरी दिएका रहेछन् । त्यही केसमा हामीले माफी मागेको र हिसाबकिताब गरेर ६ हजार रुपैयाँ दिनुपर्ने भन्दै कागज गरिएको रहेछ ।’ उनले मलमूत्र खुवाएर दुव्र्यवहार गरेको तेस्रो दिन बुहारी मृत अवस्थामा फेला परेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्