२२ जेठ २०८३, शुक्रबार

लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङ, ४ चैत- लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । 

आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । 

जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताउनुभयो । 

जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण गरिएको हो । परीक्षण सेवामा पहिलो दिन राष्ट्रिय बाथ रोग केन्द्र (एनसिआरडी) का चिकित्सकले स्वास्थ्यकर्मीलाई बाथ रोगको बारेमा प्रशिक्षण गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्