
काठमाडौं, ३ चैत- ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आर एन भवनमाआफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।
यही चैत १ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाटभक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदानगर्ने नयाँनयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका थिए । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको कुरा वहाले समुद्घाटन कार्यक्रममा उल्लेख गरे ।
यस अघि स्मार्ट सेलले कुमारीपाटी तथा पुतलीसडकमा पनिआफ्नो सेन्टरको स्थापना गरी सकेको छ भने आगामी दिनमा पोखरामा आफ्नो सेन्टर स्थापना गर्नेे छ भने नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।
स्मार्टको बारेमा
आम नेपालीहरुमाझ सूचनातथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ ।
स्मार्ट सेल १ जुलाई २००८ मा स्थापनाभई नेपालकादुर्गम क्षेत्रहरुमा सेवाप्रदानगर्दै आएको छ ।