०३ असार २०८३, बुधबार

फेसबुकबाट आफ्नो डेटा यसरी सुरक्षित गर्नुस्

फेसबुकबाट आफ्नो डेटा यसरी सुरक्षित गर्नुस्

अनुसन्धान केन्द्र क्याब्रिज एनालिटिकामाथि आरोप लागेको छ कि उसले पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटा गलत रुपमा प्रयोग गरेको छ । 

यो मामला सार्वजनिक भएसँगै एक पटक फेरि बहसमा आएको छ । सामाजिक सञ्जालमाथि रहेको जानकारी कुन रुपमा कसका साथ सेयर गर्न सकिन्छ । 

फेसबुकका लागि डेटा इन्धन जस्तै हो । यो विज्ञापनदाताको एक प्लेटर्फम दिन्छ जसको बदलामा फेसबुक पैसा कमाउँछ । 

यसमा कुनै संका छैन कि फेसबुकसँग आफ्ना प्रयोगकर्ताको लाइक्स, डिसलाइक्स, लाइफस्टाइल र राजनीतिक झुकावको विस्तृत प्रोफाइल तयार गर्ने क्षमता छ । 

सवैभन्दा ठूलो प्रश्न यो उठिरहेको छ कि एक दोस्रोसँग को कुराकानी र सेयरका क्रमलाई कसरी सुरक्षीत गर्न सकिन्छ  । 

हेर्न चाहनुहुन्छ तपाई कुन बलिउड स्टार जस्तो देखिनु हुन्छ ? यहाँ क्लिक गर्नुस्

हामी सवैले यस्ता खालका क्विज र लिंकहरु देखेका छन् । 

कनुै कुनैमा तपाईंको आइक्यू टेस्ट गर्न आग्रह गरिन्छ । जहाँ तपाईंको व्यक्तिगत जानरकाी माग हुन्छ जुन नजानिदो तरिकाबाट हुन्छ । 

यस्तै खालको क्विजका माध्यमबाट क्याम्रिज एनालिटिकाले करोडौं मानिसले डाटा हासिल गरेका थिए । यस्तो क्विजमा तपाईंको विवरण सुरक्षित हुन्छ भन्ने विश्वास दिलाइन्छ । 

तर अहिलेसम्म कतलिे यस्तो डाटा चोरी गरेका छन् भन्ने पत्ता लागेको छैन । 

फेसबुक प्रयोगकर्ताले आफ्नो जानकारी सुरक्षित राख्नका लागि के गर्ने ?

फेसबुकमा लग इन गरेर एप सेटिङ पेजमा जानुहोस्

एप्स, वेभसाइट तथा प्लगइनको तल देखिएको एडिट बटनमा क्लिक गर्नुस्

अब प्लेटफर्मलाई डिसेबल गर्नुस् । 

माथि दिएको तरिका अपनाएपछि फेसबुकमा कुनै तेस्रो पक्षले साइटको प्रयोग गर्न पाउने छैन । यदी यो तरिका तपाईलाई मन परेन भने अर्को तरिका पनि छ । 

फेसबुकको एप सुटिङ पेजमा लग इन गर्नुस् । 

त्यहाँका सवै क्याटागोरिलाई अनक्लिक गर्नुस जसलाई तपाई देखाउन चाहनुहुन्न । 

यसमा तपाईंको बायोडाटा, जन्मदिन, परिवार, धार्मिक विचारधारा, तपाई अनलाइन हुनुन्छ वा हुनुहुन्न, तपाईको टाइमलाइनमा देखिने पोस्ट, तपाईंको गतिविधि वा रुचि समावेश छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्