१३ असार २०८३, शनिबार

भारतले हटायो चिनीको निर्यात महशुल

चैत ९, २०७४
भारतले हटायो चिनीको निर्यात महशुल

काठमाडौं, ९ चैत– भारतले चिनीको निर्यातमा लगाउँदै आएको भन्सार शुल्क खारेज गरेको छ। कच्चा चिनी र प्रशोधित चिनीको निर्यातमा भारतले २० प्रतिशत शुल्क लगाएको थियो।

भारतको केन्द्रिय सीमा तथा उत्पादन शुल्क बोर्र्डले मंगलबार विज्ञप्ति जारी गरी चिनीको निर्यातमा लाग्दै आएको शुल्क खारेज गरेको जनाएको छ। भारतमा यो वर्ष मागभन्दा अत्यधिक परिमाणमा चिनी उत्पादन भएकाले आवश्यकताभन्दा बढी देखिएको चिनी सस्तो मूल्यमा निर्यात गर्न शुल्क खारेज गरिएको हो।

भारतको यो नीतिका कारण भारतमा उत्पादन भएको चिनी अब निकै सस्तो हुनेछ। यसले नेपालको चिनी बजारमा पनि ठूलै प्रभावपर्ने देखिएको छ। 

नेपालका चिनी उद्योगीले संगठित रूपमा केही महिनादेखि चिनीको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्न राजनीतिक लविङ गरिरहेको समयमा भारतले चिनीको निर्यात शुल्क शून्यमा झारेको छ।, अन्नपूर्ण पोस्टमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्