३० असार २०८३, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं, ९ चैत–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट शुरु हुँदैछ । बैठकमा निर्वाचनमा भोगेको पराजयको समीक्षा हुने बताइएको छ ।

निर्वाचनपछि चारपटक केन्द्रीय कार्यसमिति बैठक बसे पनि ती बैठकमा पार्टीको पराजयबारे गम्भीर बहस हुन सकेको थिएन । पार्टी सभापति शेरबहादुर देउवाको सरकार र पार्टीमा रहँदाको नेतृत्व रवैयाका कारण पार्टी पराजित बनेको आरोप अर्का पक्षले लगाइरहेको छ भने देउवा पक्ष हारको जिम्मेवारी सबैले लिनुपर्ने बताउँदै आएको छ ।

बैठक बस्नुअघि कांग्रेसका विभिन्न गुटका बैठक पनि बसेका छन् । पौडेलपक्ष आलोचनामा उत्रने तयारीमा छ भने देउवा पक्ष रक्षात्मक रणनीति अपनाउने तयारीमा छ ।
बैठकले संविधानमा भएको फेरबदल अनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउनेबारेमा पनि छलफल गर्नेछ ।

पार्टीलाई संघीय संरचना अनुसारको ढाँचामा लैजान विधान संशोधन गर्ने तयारी रहेको नेताहरुले जनाएका छन् ।

महाधिवेशनबाट नयाँ नेतृत्व आएको दुई वर्ष भइसक्दासमेत सभापति देउवाले पदाधिकारी मनोनयन गर्न सकेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्