२० असार २०८३, शनिबार

आगलागीका घटनामा वृद्धी, एकै दिन १२५ डढेलो

चैत ९, २०७४
आगलागीका घटनामा वृद्धी, एकै दिन १२५ डढेलो

काठमाडौं, ९ चैत– सुक्खा मौसम सुरु भएसँगै डढेलोको अवस्था भयावह बन्दै गएको छ। गत चैत ४ गते मात्रै तराई क्षेत्रमा एक सय २५ ठाउँमा डढेलो सल्कियो। 

त्यस दिन बारामा २०, पर्सामा १८ र चितवनमा १५ ठाउँमा डढेलो लागेको थियो। वन विभागको रेकर्डअनुसार २०५९ वैशाख ११ गते नेपालमा एकै दिन एक सय ४१ ठाउँमा डढेलो लागेको थियो। हिजोआज दैनिकजसो डढेलो लाग्ने गरेको छ। 

डढेलोले अर्बौंको क्षति पुर्याएको रेकर्ड प्रहरीसँग छ तर क्षतिपूर्ति र नियन्त्रणसम्बन्धी कुनै तथ्यांक पाइँदैन। नासाको रेकर्डअनुसार डढेलो अधिकांश दिउँसै लाग्ने गरेको छ। 

नासाको रेकर्डलाई हेर्दा एक सातायता मात्र दक्षिण एसियामा ८७ हजार एक सय ५५ ठाउँमा डढेलो लागेको छ। रूखका पात–पतिंगर सुक्खा हुने, पानीको मात्रा नहुने र घाँस–दाउरा गर्नेले जथाभावी आगो खेलाउने गर्दा ठूलो क्षति पुग्ने गरेको वन व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र न्यौपाने बताए। 

वर्षौंदेखि डढेलो नियन्त्रणका कार्यक्रम गरिँदै आए पनि सुधार आउन सकेको छैन। वन मन्त्रालयले वार्षिक करोडौं र सामुदायिक वन समूहले आम्दानीको २५ प्रतिशत रकम वन विकास र डढेलो नियन्त्रणमा खर्चिने गरे पनि नतिजामा सुधार आएको छैन। 

वन विभागले चैत १ देखि ७ गतेसम्मलाई डढेलो नियन्त्रण सप्ताह मनाए पनि औपचारिकता मात्र भएको नतिजाले देखाएको छ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्