३१ असार २०८३, बुधबार

जिन्दगीदेखि हारिसकेका थिए ऋतिक रोशन, उनको जीवनका ५ मौका पढ्नुस्

जिन्दगीदेखि हारिसकेका थिए ऋतिक रोशन, उनको जीवनका ५ मौका पढ्नुस्

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जिन्दगीमा धेरै कुरा झेलेका छन् । उनी आफ्नो जिन्दगीले धेरै कुरा सिकाएको कुरा स्वीकार्छन् ।

हालै मात्र उनले आफ्नो ब्राण्डको प्रमोशनका लागि एउटा भिडियो शूट गरेका छन् । जुन भिडियोलाई उनले ‘किप गोइङ’ शीर्षक दिएका छन् । ऋतिकले ट्वीटरमा एउटा भिडियो दिएका छन् । जसमा उनले आफ्नो राम्रोका लागि लडाइँका बारेमा कुरा गरेका छन् ।

ऋतिक रोशनले समाचार एजेन्सी आइएएनएसलाई बताएका छन्, ‘यदि तपाई ऋतिक रोशनलाई जोडेर हेर्नुको साटो एउटा यात्राका रुपमा हेर्नुभयो भने धेरै कुरा सिक्नुहुनेछ ।’

ऋतिकको जिन्दगीका ५ घटना, जुन घटनाले उनलाई हिम्मत मिल्योः

– उनी २१ वर्षका थिए । सम्भवत देशको सबैभन्दा राम्रो डाक्टर उनको सामुन्ने बसेका थिए । उनले बताएका थिए कि, ऋतिकको जेनेटिक्समा त्यो चिजले सबै गर्नका लागि तागत दिन्थ्यो, त्यही चिज नभएको डाक्टरले सुनाए । एक अभिनेताले गर्न सक्ने स्थिति काम गर्न सक्दैनस् भनेर डाक्टरले सम्झाएका थिए । ‘त्यतिबेला मैले सिकें, आफूलाई पनि केही कुराको जानकारी हुनुपर्ने रहेछ । कोही एक व्यक्तिको दृष्टिमा आफूलाई सीमित राख्न नहुने रहेछ ।’, ऋतिक बताउँछन् ।

– ऋतिकले बताएका छन्, उनका पिता राकेश रोशनलाई सन् २००२ मा कसैले गोली हान्यो । ‘कसैले अस्पतालमा रगतमा पारेर कमजोर पार्न खोजिरहेका थिए । त्यो बेलामा मलाई एक्टर हुने, डान्स तथा कमेडी गर्नका लागि खत्तम गरिदिएका थिए ।’ उनले भनेका छन्, ‘जस्तो स्थिति अगाडिआओस्, त्यसलाई सकारात्मकका साथ स्वीकार गर्नुस् । यसले तपाईलाई सिक्न र अगाडि बढ्न मद्दत मिल्छ ।’

– जब ऋतिक चलचित्र ‘जोधा अकबर’ को शूटिङ गरिरहेका थिए । उनलाई अर्थराइटिस भयो । उनले आइएएनएसलाई बताएका छन्, ‘यो मेरो विश्वास हो कि, केही न केही नयाँ बाटो अवश्य भेटिन्छ । कहिल्यै पनि विश्वास गर्न नछोड्नुस् ।’

– ऋतिकले बताएका छन् कि, ब्रेन सर्जरीका कारण उनका कति प्रोजेक्ट प्रभावित समेत भए । उनले भने, ‘यसले मेरो फ्युचरमा धेरै ठूलो असर पर्न सक्थ्यो । तर, त्यतिबेला मैले मैले आफ्नो मन बनाइसकेको थिएँ । मलाई लाग्यो कि, केही कुराले पनि मेरो करिअर र मेरो सम्भावनालाई रोक्न सक्दैन ।’

– ऋतिकले श्रीमती सुजैन खानसँगको विछोडका बारेमा पनि कुरा गरे । उनले भनेका छन्, ‘मैले मेरो पूरै यात्रालाई सकारात्मक रुपमा देख्छु । यतिसम्म कि, भावनात्मक रुपमा धेरै गाह्रो थियो, त्यो पनि मैले झेलिसकें ।’

ऋतिक भन्छन्, ‘जब जब म पछाढि फर्केर हेर्ने गर्छु, र बिन्दुहरूको जोड्ने गर्छु । त्यतिखेर लाग्छ, कि हरेक समय मेरो जिन्दगी खत्तम हुन लागेको छ । त्यतिबेला मैले केही गर्न सक्दैनथें । तर त्यतिखेर मलाई अगाडि बढ्नका लागि नयाँ बाटो भेटिन्थ्यो ।’

salt training

कमेन्ट गर्नुहोस्