
काठमाडौँ, १० चैत - चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आधा घन्टाभन्दा लामो समय लिएर देउवाको चर्को आलोचना गरे । नेतृत्वले पार्टी नीति र विधानको धज्जी उडाउँदा निर्वाचनमा पराजय निम्तिएको उनीहरूको दाबी छ ।
जबकी, सभापति शेरबहादुर देउवाले बैठकको औपचारिक सुरुवात गर्दै चार मिनेट मात्रै आफ्ना कुरा राखे । छोटोमा प्रस्ट धारणा राखे । ‘यो चुनावको समीक्षा बैठक हो । चुनावमा पार्टीले व्यहोर्नुपरेको जित–हारका कारण खुलस्त राख्नुस् । र, कहाँ के कमजोरी भयो, सुधार गर्न के–के गर्न सकिन्छ सुझाब दिनुस् । बुँदागत रूपमा लिखित र मौखिक सुझाब दिनुस् । यसले पार्टीलाई सुदृढ बनाउन सहज हुन्छ,’ देउवाले यति मात्रै बोले । नयाँ पत्रिकामा खबर छ |