०२ असार २०८३, मंगलबार

दुई एआईजी बिदा बसे, आईजीपीको टुंगो छैन

चैत ११, २०७४
दुई एआईजी बिदा बसे, आईजीपीको टुंगो छैन

काठमाडौं, ११ चैत – ३० वर्षे सेवा अवधिका कारण २९ चैतमा अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल अझैसम्म पनि बिदा बसेका छैनन् ।

नयाँ आईजीपीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बहालवाला आईजीपी एक महिनाअघिबाट घरबिदा बस्ने परम्परा भए पनि अर्याल भने बिदामा बसेका छैनन् । उनीलगायत १५ एआईजीहरू २९ चैतबाट ३० वर्षे सेवा अवधिका कारण प्रहरी सेवाबाट अवकाश पाउँदै छन् ।

तर, उनीसँगै अवकाशमा जान लागेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू २० दिनअघिबाट घरबिदामा बसेका छन् । प्रदेश ६ का एआईजी रणबहादुर चन्द र प्रदेश ७ का एआईजी माधव नेपाल शुक्रबारबाट घरबिदामा बसेका हुन् । उनीहरूसँगै अनिवार्य अवकाशमा जान लागेका उनकै ब्याची १३ एआईजी भने बिदामा बसेका छैनन्, आजको राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्