२८ असार २०८३, आइतबार

एन्फाको साधारण सभा र निर्वाचन स्थगित

एन्फाको साधारण सभा र निर्वाचन स्थगित

काठमाडौं, ११ चैत– अखिल नेपाल फुटवल संघ एन्फाको आगामी बुधबारका लागि तय भएको साधारण सभा र निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो । 

निर्वाचन समितिले नयाँ निर्वाचन तालिकाका बारेमा केही उल्लेख गरेको छैन ।  पाटन उच्च अदालतले मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा यसअघि दिएको अन्तरिम आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरिएको जनाइएको छ । 

समितिले एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । एन्फाले फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफा र ए.एफ.सीलाई पठाएको पत्रका बारेमा भने विज्ञप्तिमा केही उल्लेख छैन ।  फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र एन्फालाई पठाइसकेको छ । 

उच्च अदालत पाटनले गत बिहीबार  निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्