१३ असार २०८३, शनिबार

फस्टायो अवैध क्यासिनो, जुवा घरमा मदिरासंँगै यौनधन्दा

चैत १२, २०७४
फस्टायो अवैध क्यासिनो, जुवा घरमा मदिरासंँगै यौनधन्दा

काठमाडौंँ, १२ चैत– पाँच तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौं भित्र मिनिक्यासिनोका अवैध धन्दा फष्टाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख समेत रहनुभएका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले विशेष गरी तस्करी (अबैध) क्रियाकलापमा संलग्न व्यक्तिहरु जुवा खेल्न सक्रिय रहेको बताउनुभयो ।

उहाँले पछिल्लो एक महिनामा राजधानीका ३० वटा अवैध जुवाघरबाट दुई सय जना जुवाडे पक्राउ परेको जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले करीव २५ लाख रुपियाँ नगद बरामद गरेको छ । 
घर तथा कोठा भाडामा लिएर, होटल, रेष्टुराँ र रिसोर्ट बुकिङ गरी पेशेवररुपमा जुवा खेल्नेको सङ्ख्या बढेको छ, परिसर प्रमुख पोखरेलले भन्नुभयो, ‘पक्राउ परेकामध्ये कुनै व्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दावी गरेका छैन्न ।’ 

युवती र मदिरापान पनि 
घर तथा फ्ल्याट भाडामा लिइ सञ्चालन गरिएका जुवा घरमा मदिरासंँगै यौनधन्दा समेत हुने गरेको छ । सहयोगीको रुपमा राखिएका युवतीसँग जुवाडेले यौन शोषण गर्ने गरेको प्रहरीले दावी गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले धेरैजसो जुवा अखडाबाट युवती समेत पक्राउ परेको जानकारी दिनुभयो । विशेष गरी पेशेवर जुवा अखडामा खाना र सुत्ने व्यवस्थासहित मदिरा तथा युवती भेटिएको प्रहरीले दावी गरेको छ । 

फितलो कानुन
मौजुदा जुवा सम्वन्धी ऐन फितलो रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका मुद्दा शाखा प्रमुख मोहनकुमार थापाले बताउनुभयो । विद्यमान कानूनअनुसार जुवा खेल्ने र खेलाउनेलाई तीन दिनसम्म थुन्न सक्ने र दुईसय रुपियाँ जरिवाना गर्ने ब्यवस्था छ । 

त्यस्तैं, जुवा खेल्न सघाउने वा हेर्नेलाई पनि दुई दिनसम्म थुन्ने र ५० देखि एकसय रुपियाँ जरिवानाको ब्यवस्था छ । जुवा सम्वन्धी कानुन नै फितलो भएका कारण राजधानीमा जुवा अखडा मौलाउदै गएको प्रहरीको दावी छ ।, गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्