३२ असार २०८३, बिहीबार

अनलाइन नेटवर्किङ व्यापार गर्ने भनी ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

अनलाइन नेटवर्किङ व्यापार गर्ने भनी ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

काठमाडौं, १२ चैत– अनलाईन नेटवर्किङ व्यापार गर्ने भन्दै ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

वंगलादेश ढाका घर भै हाल काठमाडौं वतिसपुतली वस्ने वंगलादेशी नागरिक वर्ष ३२ का राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्माले नेटवर्किङ व्यापार गर्ने भन्दै ठगी गरेका थिए । फोरेक्स इन्टरनेशनल अनलाईन मनि मार्केटको एजेन्ट रहेको भन्दै प्रलोभनमा परेर उनीहरुले ठगी गर्दै आएका थिए । 

बंगलादेश, क्यानाडा, अमेरिका लगायतका मुलुकहरुमा संचालनमा रहेको यो कम्पनीको आफूहरु नेपाल एजेन्ट भएको भन्दै उनीहरुले रकम उठाउने गरेको प्रहरीले जनाएको छ ।

यो अनलाईन नेटवर्किङ व्यापारमा  लगानी गरेमा नाफाको २० देखि ६० प्रतिशत सम्म फाइदा दिने भनी विभिन्न व्यक्तिहरुसंग उनीहरुल  रकम लिने गरेका थिए । 

लगानी गरेपश्चात मासिक रुपमा नाफा हुने ग्यारेन्टी गरेको भएतापनि नाफा पनि नदिएको र सावा रकम पनि फिर्ता नगरी ठगी गरेको भनी पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए । उनीहरुले २० २५ जनालाई ठगी गरेका थिए ।,
 

salt training

कमेन्ट गर्नुहोस्