
सुर्खेत, १२ चैत _ वीरेन्द्रनगरको सुर्य इटा भट्टामा काम गर्ने एक कामदारको मृत्यु भएको छ ।
सोमबार विहान ७ बजेर ५० मिनेटमा वीनपा ९ स्थित ९ स्थित सुर्य ईट्टा भट्टा उद्दोग भित्र लगाएको ईट्टा निकाल्ने क्रममा ईट्टाको पर्खाल भत्कन गई भारतको वहराईज मटेरा कगर गाँउ बस्ने वर्ष ४२ को सुकईलाल तेली साहको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परि उनका २१ वर्षीया छोरा बल्लु शाह तेलीको खुट्टामा चोट लागेको छ भने सोही ठाँउका ३० वर्षीया मोहमद आयमदको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
दुर्घटनामा परि घाइतेहरु भएकाहरुले क्षेत्री अस्पताल कालागाँउमा उपचार भइरहेको छ भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।