२२ असार २०८३, सोमबार

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ को मृत्यु, १ जना गम्भीर

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ को मृत्यु, १ जना गम्भीर

लहान, १२ चैत-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले गएराति साइकललाई ठक्कर दिएको थियो ।

चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्