०८ साउन २०८३, शुक्रबार

ईयूको प्रतिवेदनमाथि एमाले विदेश विभागको आपत्ति

ईयूको प्रतिवेदनमाथि एमाले विदेश विभागको आपत्ति

काठमाडौं, १२ चैत- प्रमुख सत्तारुढ दल नेकपा एमालेले ईयू (युरोपियन युनियन)को प्रतिवेदनमाथि आपत्ति जनाएको छ । एमाले विदेश विभाग सचिव यादवचन्द्र शर्माले सोमवार प्रेस वक्तव्य जारी गर्दै ईयूको प्रतिवेदनमाथि गम्भीर असहमति जनाएका हुन् ।

ईयू–ईओएम (युरोपियन युनियन, इलेक्सन अब्जर्भेसन मिसन)ले सार्वजनिक गरेको प्रतिवेदनमाथि प्रतिवेदनको प्रचलित अन्तर्राष्ट्रिय कानूनका आधारमा गम्भीर छानबीन हुनुपर्नेमा वक्तव्यमा जोड दिइएको छ ।

संयुक्त राष्ट्र संघको बडापत्र तथ घोषणापत्र र अन्य सन्धि, सम्झौताहरू तथा पारित प्रस्तावहरूको गम्भीर उल्लङ्घन गर्दै ईयू–ईओएमले तयार पारेको प्रतिवेदनले नेपालको राजनीतिक स्वतन्त्रतामा गम्भीर आघात पुर्‍याउन खोजेको भन्ने एमालेको ठहर रहेको वक्तव्यमा उल्लेख छ ।

साथै यससम्बन्धमा सरकारले लिएको अडानको पनि वक्तव्यमा समर्थन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्