१३ असार २०८३, शनिबार

इयुको साझा कदम : २० राष्ट्रबाट एक सयभन्दा बढी रुसी कूटनीतिक निस्कासित

चैत १३, २०७४
इयुको साझा कदम : २० राष्ट्रबाट एक सयभन्दा बढी रुसी कूटनीतिक निस्कासित

काठमाडौं, १३ चैत– रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने राष्ट्रहरुको सूचीमा पछिल्लो पटक अष्ट्रेलिया पनि थपिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दुईजना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएका छन् ।
अमेरिका, क्यानाडा र युरोपका देशहरुले हालसम्म एक सयभन्दा बढी रूसी कुटनीतिज्ञहरुलाई देश निकाला गरिसकेका छन् । अमेरिका र उसका युरोपेली साझेदारहरुले बेलायतमा एकजना पूर्वरुसी गुप्तचरमाथि असर गर्ने विषालु रासायनिक आक्रमणको संयुक्त प्रतिक्रियास्वरुप दर्जनौं रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएका हुन् । 

संयुक्तरुपमा रुसी जासुसी अधिकारीहरुलाई देश निकाला गरिएको यो इतिहासमै ठूलो घटना हो । बेलायतसँग मिलेर २० भन्दा बढी मुलुकले १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला गर्दैछन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ६० जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएका छन् । क्यानडा, जर्मनी, फ्रान्स, युक्रेन तथा अरु युरोपेली राष्ट्रले पनि त्यस्तै कदम चाल्दै रुसी कूटनीतिज्ञलाई निष्कासन गरेका छन् ।

गत मार्च ४ मा दक्षिणी इंग्ल्यान्डको सोल्जबरीमा पूर्वरुसी गुप्तचर सेर्गेइ स्क्रीपाल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर पर्ने रासायानिक आक्रमण रुसले गराएकोमा इयू राष्ट्रहरु एकमत छन् । रुसले भने सो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्