
जनकपुरधाम, १३ चैत- प्रदेश नम्बर २ को प्रदेश सरकारले आफ्नो सयदिने कार्ययोजना सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको निवासमा मंगलबार पत्रकार सम्मेलन गरी सय दिनभित्र गर्ने कामहरूको सूची सार्वजनिक गरिएको हो ।
जसमा लगानी बोर्ड गठन गर्नेदेखि महिला हिंसा, दाइजो प्रथा तथा बालविवाहलगायतका कुरीति रोक्न कडा कानूनी व्यवस्था गर्नेसम्मका प्रतिबद्धता सामेल छन् ।
शहीद परिवारको कम्तिमा एक सदस्यलाई रोजगारी, मुख्यमन्त्री स्वच्छता अभियान, 'बेटी बचाउ, बेटी पढाउ' अभियान, मुख्यमन्त्री सडक योजना तथा महिला सुरक्षा डेस्कसम्मका योजना अघि सारिएको छ ।
हेर्नुहोस् विस्तृतमा :



