१३ असार २०८३, शनिबार

जब उत्तर कोरियाले अमेरिकालाई घुँडा टेकायो

जब उत्तर कोरियाले अमेरिकालाई घुँडा टेकायो

काठमाडौं- अमेरिकी जलसेनाको एकमात्र जहाज उसको नियन्त्रणमा छैन । जहाजमा अमेरिकाको एक शत्रुदेशको कब्जा छ । 

यो ५० वर्षअघिको कुरा हो । सन् १९६८ को २३ जनवरीमा उत्तर कोरियाले अमेरिकाको जलसेनाको जहाज युएसएस पुएब्लोमा कब्जा गरेको थियो । 

उत्तरका अनुसार, यो अमेरिकी जहाजले जासूसी गरिरहेको थियो । जहाज अहिले पनि प्योङयाङ नदीमा तैरिरहेको छ । 

उत्तर कोरियाले यसलाई आफ्नो जीतको पुरस्कारका रूपमा प्रस्तुत गर्छ र युएसएस पुएब्लो पर्यटकहरूलाई देखाउने कुरा भएको छ । 

पर्यटकहरूलाई उत्तर कोरियाका जनमुक्ति सेनालका बहादुर सैनिकहरूले कसरी कब्जा गरेका थिए भनी बताइन्छ । 

युएसएस पुएब्लोमा .५० क्यालिबरको मशिनगनहरू लगाइएको थियो तर यत्तिका भरमा उत्तर कोरियासँग लडाईं गर्न सकिने स्थिति थिएन । 

पचास वर्षदेखि उत्तर कोरियाले युएसएस पुएब्लो आफ्नो समुद्री क्षेत्रमा अवैध तरिकाले गइरहेको बेलामा कब्जा गरिएको बताउँदै आएको छ । 

अमेरिकी जहाजमा उत्तर कोरियाले गरेको कारवाहीका कारण एक अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ८३ सैनिकलाई हिरासतमा लिइएको थियो । 

ती सैनिकहरूलाई ११ महिनासम्म कडा यातना दिएर राखिएको थियो । 

राष्ट्रपति लिन्डन बी जोन्सोनको नेतृत्वमा रहेको तत्कालीन अमेरिकी प्रशासनले हिरासतमा लिइएका अमेरिकी सैनिकहरूको मुक्तिका लागि उत्तर कोरियासँग माफी मागेका थिए । 

क्षमापत्रमा अमेरिकाले आफ्नो जहाज उत्तर कोरियाको समुद्रमा घुसेको स्वीकार गरेको थियो । तर राष्ट्रपति जोन्सोनले पछि माफी नमागेको बताए । 

धेरै मानिसहरू उत्तर कोरियासमक्ष त्यतिखेर अमेरिकाले हारको तीतो स्वाद चाखेको बताएका थिए । 

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्