काठमाडौं, २० माघ– नेपाल प्रहरीको जनपथ समुहतर्फ रिक्त प्रहरी जवान पदमा भर्ना खुल्ला भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहिबार एक विज्ञापन प्रकाशित गरी खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार भर्ना आह्वान गरेको हो ।
जसअनुसार अमर– असक्त परिवारलाई ३३, मधेसीलाई २०३, आदीबासी जनजातीलाई २३२, महिलालाई १४५, दलितलाई १०८ र पिछडिएका क्षेत्रलाई ३७ कोटा छुट्याउँदै जम्मा १६४५ जवान माग गरिएको हो ।
इच्छुक उम्मेद्वारले पाँचै विकास क्षेत्रका प्रहरी तालिम केन्द्र तथा उपत्यकाका तिनै प्रहरी परीसरबाट फाराम लिइ त्यहीँ बुझाउन सकिन्छ । फाराम फागुन १ देखि फागुन ३० भित्र भरिसक्नु पर्नेछ ।
