३० असार २०८३, मंगलबार

प्रतिवन्धित लागू औषध कारोवार गर्ने गिरोह पक्राउ

प्रतिवन्धित लागू औषध कारोवार गर्ने गिरोह पक्राउ

काठमाडा्रैं, १४ चैत– प्रतिवन्धित लागू पदार्थ कारोबार गर्ने गिरहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ठूलो परिणाममा लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । 

काठमाडौ जिल्ला भित्रिने नाकाहरुवाट  विभिन्न प्रकारका लागू पदार्थहरु भित्रिने र सो लागू पदार्थ काठमाडौंको विभिन्न स्थानमा लुकाई छिपाई वेच विखन गर्ने भन्ने गोप्य सुचना महानगरिय वृत्त कालीमाटीले पाएसँगै अनुसन्धान शुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा बल्खु पुल नजिक सन्तोष सापकोटालाई शंका लागि चेकजाँच गर्दा डाईजोल्याप १ नोर्फिन १ फेनालगन १ फेला परेको र उनले दिएको सूचनाको आधारमा भक्तपुर गठ्ठाघरमा बिकल शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनको कोठामा छापामार्दा नोफिन १४०० एम्पुल , डाईजेल्याव १४०० एम्पुल, फिनालगन १४०० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मकवानपुर हेटौडा घइ भइ हाल काठमाडौं वल्खुमा बस्ने सन्तोष सापकोटा, सिन्धुली दुम्जाघर भई  हाल भक्तपुर गठ्ठाघर वस्ने वर्ष २१ को शुशिला विसिङखे, काभ्रे दाप्चा घर भई हाल त्रिपुरेश्वर वस्ने वर्ष २० कि आषिका विसिङखे, त्रिपुरेश्वर घर भई हाल भक्तपुर गठ्ठाघर वस्ने निज विक शाहीको श्रीमती वर्ष २३को उर्मिला विसिङखे शाहीलाई नियन्त्रणमा लिइ अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्