
काठमाडौं १४ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न प्रधानमन्त्री ओली राराताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।
नेपाल ट्रेड यूनियनमहासंघ (जिफन्ट) को ७ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् ।
'कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु,' प्रधानमन्त्री ओलीले भने, 'राराबाट यसपटक पर्यटनको बिगुल बजाइने छ ।' समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवर्द्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताए ।