२१ जेठ २०८३, बिहीबार

पाँच नम्बर प्रदेश–प्रविधिसँग जोडिँदै मुख्यमन्त्रीको कार्यालय, वेभसाइट र मोवाइल एप्स सार्वजनिक

पाँच नम्बर प्रदेश–प्रविधिसँग जोडिँदै मुख्यमन्त्रीको कार्यालय, वेभसाइट र मोवाइल एप्स सार्वजनिक

बुटवल, १४ चैत– प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलको आधिकारिक र वेभसाइट र मोबाइल एप्स खोलिएको छ । मुख्यमन्त्री कार्यालयका गतिविधि, सुचनाका  साथै प्रदेश अन्तगर्तका योजनाहरुको अवस्थाबारे जानकारी दिने उद्देश्यले यस्तो प्रविधिको शुभारम्भ गरिएको हो । 

बुधबार कार्यालयमै एक समारोहका बीचमा वेभसाइट र एप्सको मुख्यमन्त्री पोखरेलले शुभारम्भ गरेका थिए । पारदर्शी र उत्तरदायी सरकारको निर्माण तथा जनताको सुसूचित हुने अधिकारको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यस्तो प्रविधिको शुभारम्भ गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

सुशासन र पारदर्शिताका लागि एउटा प्रयास भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले साझा मनोविज्ञान तयार पार्न सहयोगी माध्यम बन्ने विश्वास व्यक्त गरे । पुरानो संरचनाको मनोविज्ञानलाई बदल्दै साझा धारणा बनाउन यहीँ प्रविधिमार्फत गतिविधिहरु विस्तार गरिने उनको भनाइ छ । 

प्रविधिमा रहेका नागरिकका अतिरिक्त जनसमुदायका लागि दैनिक कार्यक्रमहरु हुने भएकाले त्यसमा समेट्न नसकिएका प्रविधिमैत्री नागरिकहरुलाई यहीँ माध्यममार्फत समेट्न खोजिएको मुख्यमन्त्रीले बताए । वेभसाइटको ठेगाना www.pradesh-5.com रहेको छ । यो प्रदेशको नामाकरण पनि सोही नाममा बदलिने छ ।

वेबसाइट र मुख्यमन्त्री एपले प्रदेशवासी र मुख्यमन्त्रीको बीचमा एउटा गतिशील पुलको काम गर्ने विश्वास लिएको उनको भनाइ छ । ‘आजको युग सूचना प्रविधिको युग हो । यसको सही तथा भरपर्दाे प्रयोगले हरेकलाई छरितो बनाउँछ । यसको प्रयोगले नागरिकले स्वतःस्फुर्त रुपमा विकासका गतिविधिहरुको अनुगमन तथा मुल्याङ्कन गर्न सक्नेछन्,’ सो अवसरमा वितरित प्रेस नोटमा उल्लेख छ । 

मुख्यमन्त्री सम्बद्ध गतिविधिहरु प्रदेशवासीले तत्काल पाउने तथा मुख्यमन्त्रीसँग दोहोरो संवाद गर्नसक्ने गरी यो प्रविधिको व्यवस्था गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।  मुख्यमन्त्रीको आधिकारिक वेबसाइट अंग्रेजी तथा नेपाली दुवै संस्करणमा उपलब्ध छ । 

गृहपृष्ठ, प्रदेशबारे, समाचार, सूचना, कार्यक्रम, आयोजनाको स्थिति, सुझाव तथा गुनासो, समृद्धि सम्वाद, सम्पर्क, प्रेसबाट, ग्यालरी गरी विभिन्न ११ फिचर अर्थात मेनुहरु रहेको प्रविधि डेप्लप गरिरहेका विज्ञ अनुप बास्कोटाले जानकारी दिए । 

के छन् विशेषता ?

मुख्यमन्त्री सचिवालयबाट प्रेषित जनसरोकारसँग सम्वद्ध सम्पूर्ण समाचार तथा सूचनाहरु यसमा उपलब्ध हुने छन् । मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमहरुको सूचनासमेत यस्मा समावेश गरिने छ । मुख्यमन्त्रीसँग भेटघाटको लागि अनलाइनबाट समय लिने व्यवस्था समेत यसैमार्फत मिलाइएको छ । यसैगरी प्रदेशमा रहेका साना—ठूला सबै प्रमुख आयोजनाहरुको अध्यावधिक स्थिति ः नाम, ठेकेदार कम्पनी, आयोजनाको कुल लागत रकम, प्रगति विवरण र समयसीमा आदि यसैमा समावेश गरिने छ । जस्ले सूचनाको महत्वपूर्ण काम गर्ने छ । 

मुख्यमन्त्रीलाई प्रदेश सम्वद्ध गुनासो तथा सुझावहरु तत्काल दिन पाउने गरीसमेत यस्मा मेनुको छुट्टै व्यवस्था गरिएको छ । त्यस्ता गुनासाकर्ताहरु यदी गोप्य रहन चाहेमा समेत त्यसमा विकल्प समावेश गरिएको छ । तर, गुुगल फर्ममा सबमीट भने अनिवार्य छ । कुनै फेक आइडी वा गलत विवरण यस्ले एसेप्ट नगर्ने प्राविधिक मनिषकुमार शर्माले जानकारी दिए । त्यसरी व्यक्त गरिएका जायज गुनासोहरुको कार्यान्वयनको स्थितिसमेत त्यहीँ पोष्ट हुने छ । त्यसैगरी समृद्धि संवाद मेनु अन्तर्गत आवश्यक तथा सान्दर्भिक बिषयमा नियमित रुपमा मुख्यमन्त्रीको धारणा त्यहाँ राखिने छ । 

त्यसैगरी मुख्यमन्त्री एप पनि बुधबारै सार्वजनिक गरिएको छ । हाल यो एन्डरोइड संस्करणका मोबाइलहरुमा मात्रै उपलब्ध छ, जो गूगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । यसको आइफोन संस्करण पनि चाँडै उपलब्ध हुने सचिवालयले जनाएको छ । यस एपमा पनि वेबसाईटमा उल्लेखित सबै बिशेषताहरु संलग्न गरिएको छ । 

मुख्यमन्त्रीसँग सम्बन्धित नयाँ क्रियाकलापहरुको जानकारी एपले तुरुन्तै दिनेछ । यो एपमा पनि विभिन्न छ प्र्रकारका फिचरहरु राखिएका छन् । प्रविधिको उच्चतम प्रयोग गरी जवाफदेही र पारदर्शी शासन प्रणाली स्थापित गर्ने चाहनाका साथ काम गरिएको सल्लाहकार केसीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्