११ साउन २०८३, सोमबार

मधेसीको घरमा एमाले नेताहरु दुई साता बस्ने

कात्तिक २०, २०७४
मधेसीको घरमा  एमाले नेताहरु दुई साता बस्ने
काठमाडौं, २० माघ-प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्व दुई सातासम्म मधेसी जनताकै घरमा बास बस्ने (होमस्टे) भएको छ । आगामी २१ फागुनबाट सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा एमालेका सबै नेता–कार्यकर्ताको बास तराई–मधेसका जनताका घरमै हुने भएको खबर राजधानी दैनिकमा छ ।uml meet

सत्तारूढ दलहरूले तराई–मधेसमा सार्वजनिक कार्यक्रमसमेत गर्न नदिने धम्की दिइरहेका बेला एमालेले आफ्नो सबै शक्ति लगाएर आगामी २१ फागुनमा झापाको काँकडभिट्टाबाट अभियान सुरु गरी कञ्चनपुरको महेन्द्रनगर हुँदै १५औं दिनमा सुर्खेतमा विशाल जनसभा गरी समापन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

अभियानका क्रममा तराई–मधेसका प्रमुख सहरमा आमसभासहित होमस्टे गर्ने व्यवस्था मिलाइएको एमाले सचिवालय सचिव प्रदीप ज्ञवालीले जनाए ।
मधेसमा सबै शक्ति एक भएर एमालेलाई रक्षात्मक बनाउन खोजेका कारण आगामी निर्वाचनमा बहुमतसहित तराई–मधेसको पहिलो शक्तिका रूपमा एमालेलाई स्थापित गर्ने उद्घोषका साथ मेची–महाकाली अभियान अघि बढाइने सचिव ज्ञवालीले बताए । दुईहप्ते अभियान राजमार्ग र राजमार्ग दक्षिण मधेसका जिल्ला सदरमुकाम तथा सहरहरूमा केन्द्रित हुनेछ । अभियानमा अध्यक्ष केपी शर्मा ओलीसहित मधेसी मूलका नेताहरू, सांसद, पूर्वसांसद र पूर्वमन्त्रीहरूलाई अनिवार्य सहभागिता गराइने एमालेले जनाएको छ ।

ज्ञवालीका अनुसार फागुन २१ गते मेचीको काँकडभिट्टाबाट सुरु हुने अभियानभर दुई सातासम्म ओलीसहित शीर्ष नेताहरू मधेसमै मुकाम बनाएर बस्नेछन् । होमस्टेकै शैलीमा नेताहरू मधेसी जनताको घरमा बस्ने सचिव ज्ञवालीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्