२४ जेठ २०८३, आइतबार

स्थानीय तहमा ५७ हजार ३ सय कर्मचारी पठाइने

स्थानीय तहमा ५७ हजार ३ सय कर्मचारी पठाइने

काठमाडौं, १४ चैत– मन्त्रिपरिषदको बुधवार बसेको बैठकले स्थानीय तहमा ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गर्दै प्राविधि र प्रशासनिक समूहमा गरी सो संख्यामा कर्मचारी खटाउने निर्णय गरेको हो । 

यसका श्रेणीविहीन कर्मचारीको विवरण समावेश नभएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार स्थानीय तहको कूल जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।

बुधवारको मन्त्रिपरिषद् बैठकले केन्द्र (संघ)मा २१ मन्त्रालय रहने निर्णय गरेको छ । साथै संघीय मन्त्रालयको संगठन संरचना र दरबन्दी पनि बैठकले पारित गरकेो छ । संघको मन्त्रालयमा रहने कर्मचारीको दरबन्दी ३ हजार २ सय ६० बाट २ हजार ६ सय ५४ मा झारिएको सञ्चार राज्यमन्त्री बास्कोटाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्