२१ असार २०८३, आइतबार

भारतीय बजेटः नेपाललाई सवा ६ अर्ब अनुदान

कात्तिक २०, २०७४
भारतीय बजेटः नेपाललाई सवा ६ अर्ब अनुदान
काठमाडौंं, २० माघ - भारतले नेपाललाई यस वर्ष ६ अर्ब १८ करोड १२ लाख ८० हजार रुपैयाँ बराबरको अनुदान सहयोग दिने भएको छ, कारोबारमा खबर छ ।

भारतले नेपाललाई आर्थिक वर्ष २०१७-१८ मा परराष्ट्र मन्त्रालयमार्फत ३ अर्ब ७५ करोड र गृह मन्त्रालयमार्फत ११ करोड ३३ लाख भारतीय रुपैयाँ (भारु) अनुदान सहयोगको घोषणा गरेको छ । यो सहयोग गतवर्षको तुलनामा २८.७ प्रतिशत बढी हो ।

भारतीय गृह मन्त्रालयमार्फत आउने अनुदान सहयोग नेपाल पुलिस एकेडेमीका लागि खर्च हुनेछ ।

गतवर्ष ३ अर्ब भारु अनुदान दिने घोषणा गरेकामा भारतका केन्द्रीय वित्तमन्त्री अरुण जेट्लीले बुधबार सार्वजनिक गरेको २०१७-१८ को युनियन बजेटमार्फत नेपालमा ३ अर्ब २० करोड भारु खर्च हुने संशोधित अनुमान पेश गरेका छन् ।

अघिल्लो वर्षसम्म योजनाबद्ध र बिनायोजना गरी छुट्याएर दक्षिण एसियाली मुलुकहरूमा दिइने ऋण तथा अनुदान सहयोगलाई बजेटमा समावेश गर्ने गरेकोमा यस वर्ष भने विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा सो रकम उल्लेख गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्