०२ असार २०८३, मंगलबार

कांग्रेस बैठकमा ‘लिखित वक्तव्य’ को होड, गगन थापासहितका युवा नेताको पनि यस्तै तयारी

चैत १७, २०७४
कांग्रेस बैठकमा ‘लिखित वक्तव्य’ को होड, गगन थापासहितका युवा नेताको पनि यस्तै तयारी


काठमाडौं, १७ चैत-  निर्वाचनको समीक्षा गर्न जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लिखित वक्तव्य दिने होडबाजी चलेको छ। गत निर्वाचनमा पार्टी पराजयलाई लिएर कांग्रेसभित्र एकआपसमै आरोप–प्रत्यारोप चलिरहँदा पार्टी बैठकमा लिखित धारणा राखेर पार्टी सभापतिलाई दिने प्रचलन पछिल्लो समय बाक्लिएको छ।

फागुन १३ गतेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो लिखित धारणा राख्दै पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि राखेका थिए। ९ चैतदेखि सुरु भएको जारी केन्द्रीय कार्यसमिति बैठकमा पूर्वमहामन्त्री प्रकाशमानसिंहसहित आधा दर्जनभन्दा बढी नेताले लिखित सम्बोधन गरिसकेका छन् भने अन्य थपले बैठकमा लिखित सम्बोधन दिने तयारी गरिरहेका छन्।

शुक्रबार भएको छैटौं दिनको बैठकसम्म पूर्वमहामन्त्री सिंहसहित नरहरि आचार्य, डा. शेखर कोइराला, डिला संग्रौला र अर्जुननरसिंह केसीले लिखित सम्बोधन दिएका छन्। गगन थापासहितका केही युवा नेताले पनि लिखित सम्बोधन दिने तयारी गरिरहेको बताइएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्