२१ जेठ २०८३, बिहीबार

संख्याको आधारमा नभइ सम्मानको आधारमा पार्टी एकता - एमाले उपाध्यक्ष

चैत १७, २०७४
संख्याको आधारमा नभइ सम्मानको आधारमा पार्टी एकता - एमाले उपाध्यक्ष

 धनगढी, १७ चैत(नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानमा देखिएको  मतभेद अन्त्यको लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले सहकार्य गर्न खोजेको स्पष्ट पारेका छन् । 

आज ९शनिबार० गेटा विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अझैपनि संविधानमा देखिएको केहि मतभेद अन्त्यको लागि सहकार्य गर्न खोजेको तर त्यसको अर्थ सरकारमा बहुमत पुर्‍याउनलाई नभएको स्पष्ट पारे ।

साथै नेपाली काँग्रेस संग पनि सरकारले सहकार्य गर्न खोजिरहेको उपाध्यक्ष रावलको भनाइ छ । त्यस्तै उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै हुने बताए ।

पार्टी एकीकरणको लागि आन्तरिम विधान तयार भएको बताउँदै उनले छिट्टै एकीकरणको प्रक्रिया टुंगिने उल्लेख गरे । उनले भने–‘पार्टी एकतामा कुनै अवरोध छैन, हामी नियमित रुममा कुराकानी गरिरहेका छौ । त्यसैले एकीकरणको गन्तव्यमा पुग्छौ, पार्टी एकता छिट्टै हुन्छ ।’

संख्याको आधारमा एकता हुने भनेर नकारात्मक सन्देश प्रवाह गरिएको बताउँदै उपाध्यक्ष रावलले त्यस्तो नभएर दुई पार्टीको परस्परिक सम्मानको आधारमा एकता भएर देशलाई राजनीतिक निकास र स्थायित्व दिने उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्