
काठमाडौं, १७ चैत- टीकापुर घटनाका दोषीलाई आममाफी दिन खोजिएको भन्दै बालुवाटार घेर्न पुगेका ३२ मानव अधिकारकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्ण पहाडी पनि सामेल छन् ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
रेशम चौधरीसहित आरोपीहरूको मुद्दा फिर्ता लिन खोजिएको भन्दै मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा मानव अधिकारकर्मीहरूले प्रधानमन्त्री निवास बालुवाटार बाहिर धर्ना दिएका हुन् ।