२१ जेठ २०८३, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, १७ चैत-निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।

पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकोमा उनीप्रति सम्मान प्रकट गर्दै भोलिका लागि निर्धारित बैठक स्थगन भएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज राति नेता खड्काको शव राजधानी ल्याइनेछ भने भोलि बिहान ९ बजेसम्म सानेपास्थित उनकै निवासमा राखिने छ ।

बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्