०१ असार २०८३, सोमबार

प्रचण्डले भनेः  फेरि पनि हिंसाको कुरा गर्नु दुर्भाग्यपूर्ण

प्रचण्डले भनेः  फेरि पनि हिंसाको कुरा गर्नु दुर्भाग्यपूर्ण

काठमाडौं, १७ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि हिंसाको कुरा गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । 
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘फेरिपनि विखण्डन, आन्दोलन, हिंसाको कुरा गर्नु भनेको दुर्भाग्यपूर्ण हो । त्यो नेपाली जनतालाई सह्य हुने कुरा पनि छैन ।’
क्रान्ति गर्ने भन्दै हिँडेको नेत्रविक्रम चन्द विप्लवप्रति संकेत गर्दै प्रचण्डले भने, “सबै राजनीतिक शक्ति र प्रवृत्तिलाई अवसरको सदुपयोग गर्न आग्रह गर्छु । जनतामा भ्रम छर्ने गतिविधि नगरौँ ।” 

उनले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताए । 

अध्यक्ष प्रचण्डले जनताको अपेक्षा पूरा गर्नेगरी सुशासन र समृद्धिको यात्रामा जानसक्ने वा नसक्ने भन्नेबारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार अग्निपरिक्षामा रहेको बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,“प्रधानमन्त्रीज्यू, अग्निपरिक्षामा हुनुहुन्छ । हामी सबै नेतृत्वकर्ताहरु पनि अग्नि परीक्षामा छौँ ।” 

कुनैपनि देशले ठूलो क्षति र पीडाको बिचबाट गुज्रेपछि नै राष्ट्रले छिटो–छिटो समृद्धिको यात्रा तय गर्ने बताउँदै प्रचण्डले अब नेपाल पनि समृद्धिको बाटोमा हिँड्ने विश्वास दिलाए । 

प्रकृतिले दिएको स्रोत र साधनको सही सदुपयोग गरेर देश विकास गर्नुपर्ने उनको धारणा थियो । राजनीतिक परिवर्तनपछि अब रुमल्लिनुपर्ने कुनैपनि कारण नभएको भन्दै उनले विखण्डन, आन्दोलन र हिंसाका कुरा गर्न नहुने बताए ।

    
सुशासन र समृद्धिभन्दा बाहिर गएर कसैले गतिविधि गरे नेपाली जनता आफैँले निस्तेज पार्न अगाडि आउने स्थिती बन्ने उनले चेतवानी दिए । 

salt training

कमेन्ट गर्नुहोस्