काठमाडौं, २० माघ — मानिसका शोख पनि अनेक किसिमका हुन्छन् । शोख पूरा गर्नलाई कोही कोही त जे पनि गर्छन् । यसका लागि खतरनाक कदम पनि उठाइदिन्छन् ।

अमेरिकाको पोर्टल्यान्डमा एक युवतीले यस्तै बेतुकको शोखका कारण दुःख पाएकी छन् । उनले कानको लोतीमा ठूलो प्वाल पारिन् । त्यही प्वालमा गएर साँप अड्कियो ।
एश्ले ग्लेवे नाउँ गरेकी यी महिला घरमा साँप पाल्छिन् । साँपहरूसँग खेल्छिन् । हुँदा हुँदा एकदिन बार्ट नाम राखेको आफ्नो अजिंगर उनको कानको लोतीमा छि–यो । अनि त्यहाँ गएर रिंगमा अड्कियो ।
अजिंगरलाई कानबाट निकाल्नका लागि एश्लेलाई अस्पताल नै पुग्नुप–यो । अजिंगरलाई केही नहोस् भनेकाले चिकित्सकहरूले बडो ध्यान दिएर एश्लेको कानलाई लठ्याए अनि अजिंगर झिके ।
यस घटनापछि आफ्नो होश गुमेको र आइन्दा यस्तो स्थिति आउन नदिने एश्लेले बताइन् ।
एजेन्सीको सहयोगमा