२१ जेठ २०८३, बिहीबार

१४ खर्ब प्रतिबद्धता एक पैसै आएन

चैत १८, २०७४
१४ खर्ब प्रतिबद्धता एक पैसै आएन

काठमाडौँ, १८ चैत-  एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसै नेपाल भित्रिएको छैन, कान्तिपुरमा खबर छ ।

सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले नेपालमा १३ अर्ब ५२ करोड ८० लाख ५० हजार अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । ‘केही प्रगतिहरू भएका छन् । तर अहिलेसम्म लगानीमै रूपान्तरण भइसकेको छैन,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने ।

salt training

कमेन्ट गर्नुहोस्