१२ असार २०८३, शुक्रबार

पार्टी एकताबारे ओली–प्रचण्डको कूटनीतिक जवाफ

चैत १८, २०७४
पार्टी एकताबारे ओली–प्रचण्डको कूटनीतिक जवाफ

काठमाडौं, १८ चैत– पार्टी एकताका विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कूटनीतिक जवाफ दिएका छन् । 

ओलीले पार्टी एकताका लागि जनयुद्ध शब्दको प्रयोग र चुनाव चिह्नका विषय पेचिलो भएको भन्ने समाचारको खण्डन गर्दै भने, ‘जुवा खेलेको ठाउँमा च्याँखे राख्नेहरू पनि केही मान्छे हुन्छन् । माओवादीले जनयुद्ध भनेको थियो, एमालेले के भनेको थियो ? भन्छन् । खाल उठिसक्यो च्याँखेहरू बुरुक–बुरुक गरिरहेका छन् । च्याँखेहरूलाई भन्न चाहन्छु यस्तो कार्य बन्द गर्नुस् ।’

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता समृद्धिका लागि हुने बताए । ‘प्रधानमन्त्रीजी १४ वर्ष जेल बस्नुभयो, म १४ वर्ष वनवास बसेँ । एउटा १४ वर्ष वनवास, अर्को १४ वर्ष जेल नेपाल राष्ट्र र जनताको समृद्धिका लागि हो । अब एकै ठाउँ हुन्छौँ,’ उनले भने ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्