०३ असार २०८३, बुधबार

विभागमा महानिर्देशक नियुक्तिको तयारी- यी हुन् तीन प्रतिस्पर्धी

चैत १८, २०७४
विभागमा महानिर्देशक नियुक्तिको तयारी- यी हुन् तीन प्रतिस्पर्धी

काठमाडौं, १८ चैत– स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा पदाधिकारी हेरफेरको तयारी थालेको छ । नियुक्ति नभएका महत्वपूर्ण निकायसँगै मन्त्रालयमा पनि केही पदाधिकारी हेरफेर गर्न लागिएको हो ।

यसअघि देखिएको विवाद सुल्झाएर महानिर्देशक नियुक्तिलाई मन्त्री र मन्त्रालयको छवि सुधार्ने अवसरका रूपमा हेरिएको छ । एक महिनादेखि महानिर्देशक रिक्त हुँदा दैनिक कामकाजमा समस्या भएपछि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नियुक्तिमा चासो देखाएकी छिन् । 

यी हुन् तीन प्रतिस्पर्धी
स्वास्थ्य सेवा विभागको महानिर्देशकका लागि तीनजना प्रतिस्पर्धामा छन् । हाल ११औँ तहमा रहेका स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंह, राष्ट्रिय सामाजिक स्वास्थ्य बिमा कार्यक्रमका तत्कालीन निर्देशक डा. गुणराज लोहनी र स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरी प्रतिस्पर्धामा देखिएका छन् ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्