
काठमाडौं, १८ चैत– सोलुखुम्बुको थामेका कामीरिता शेर्पा २२ औं पटक सगरमाथा आरोहणमा निस्कने तयारीमा छन् ।
२२ औं पटक सगरमाथामा पुगेर आफ्नै गाउँले आप्पा शेर्पाको कीर्तिमान तोड्ने लक्ष्य उनले राखेका छन् ।
सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताले त्यसयता केही वर्ष बाहेक लगातार सगरमाथा आरोहण गर्दै आएका छन् ।
आइतबार लुक्ला जान लागेका उनले अबको झण्डै ५० दिनमा सगरमाथा शिखरमा पुग्ने र विश्व कीर्तिमान राख्ने लक्ष्य रहेको बताए ।