०३ असार २०८३, बुधबार

एसइई सकेर घर फर्कदै गरेका विद्यार्थी चढेको बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

एसइई सकेर घर फर्कदै गरेका विद्यार्थी चढेको बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

काठमाडौं, १८ चैत– काठमाडौबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्ती भण्डार तर्फ जादै गरेको यात्रु बस दुर्घटना भएको छ । 

बा ३ ख २६९५ नम्बर को अरनिको यातायातको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका २ का १८ वर्षीय सुवास गजमेर रहेका छन् । 

घाइते हुनेहरुमा उमाकुण्ड ३ का १८ वर्षीय मुकेश सुनुवार , १८ वर्षीय सम्झना सुनुवार , १८ वर्षीय सन्तोस बस्नेत , १८ वर्षीय आशिष कार्की , १८ वर्षीय  छोटी शेर्पा र वडा नम्बर २ की १८ वर्षीय निमडेकी शेर्पा , १८ वर्षीय पासाङ सेर्पा , १८ वर्षीय सोमरजा कार्की , १८ वर्षीय विमला तामाङ र १८ बर्षकी प्रेमलेकी शेर्पा रहेका छन् ।

 त्यस्तै बसका सहचालक दोलखा भिमेश्वर नगरपालिका २२ बर्षका कृष्ण बुढाथोकी  घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एसीइइ परीक्षा सकेर घर फर्कदै गरेको विद्यार्थी घाइते भएको रामेछाप प्रहरीका निरीक्षक राजकुमार थापाले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्