३० जेठ २०८३, शनिबार

कारागारका कैदी दोहोरी साँझमा पुग्छन् !

चैत १९, २०७४
कारागारका कैदी दोहोरी साँझमा पुग्छन् !

काठमाडौँ, १९ चैत  - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारभित्रका विकृति र विसङ्गतिलाई हटाउन निर्देशन दिएका छन्  । 

आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री बादलले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिए  । 
उनले कारागारभित्र विभिन्न किसिमका विकृति र विसङ्गति रहेकोबारे आफू जानकार रहेको भन्दै त्यो सच्याउन निर्देशन दिए । 
उनले भने, ‘‘केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुहोस् । ’’
जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकिदार, नाइके, भाइनाइकेहरूले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्