काठमाडौं, १९ चैत– संघीय संसद्को बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनको बैठक आज बस्न लागेको हो ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे आह्वान गरिएको छ । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न दुवै सदनको बैठक बस्न लागेको हो ।
दुवै सदनको शोक प्रस्ताव पारित गराउने समान कार्यसूची छ । ०४८, ०५१ र ०५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
उनको पशुपति आर्यघाटमा हिजो दाहसंस्कार गरिएको थियो । शोक प्रस्तावबाहेकका कार्यसूचीमा आज छलफल नहुने सचिवालयले जनाएको छ ।