काठमाडौं, २० माघ — रुसमा रहेका हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेको दमन रोक्नका लागि हिन्दू अभियन्ता श्री प्रसून प्रकाशले आह्वान गरेका छन् ।

क्रिस्चियन धर्मका केही अतिवादीहरूले अलेक्जेन्डर ड्वोर्किन नामक व्यक्तिको उक्साहटमा हिन्दूहरूमाथि दमन गरिरहेको प्रकाशले बताए ।
प्रकाशले चेन्ज डट् ओआरजीमार्फत रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दूहरूप्रतिको आक्रमणको सिलसिला रोक्नका लागि पहल गर्न माग गरेका छन् ।
चेन्ज डट् ओआरजीको निवेदनमा हजारौंले एक्यबद्धता जनाएका छन् । एक आँकडाका अनुसार रुसमा जम्मा एक लाख ४० हजार हिन्दू छन् । यस अल्पसंख्यक समुदायमाथि यसअघि पनि अतिवादीहरूले आक्रमण गरेका थिए ।
यसै सम्बन्धमा जनचेतनाका लागि भारत र नेपालको टप ट्विटर ट्रेन्डमा हिन्दूजइनरसिया ह्याशट्याग बिहीवार दोस्रो स्थानमा छ ।
एजेन्सीको सहयोगमा