२३ जेठ २०८३, शनिबार

गगनलाई अझै भुलेनन् ओलीले, ३ सातापछि पनि उठाए हिसाब मागेको प्रसंग

गगनलाई अझै भुलेनन् ओलीले, ३ सातापछि पनि उठाए हिसाब मागेको प्रसंग

काठमाडौं, २० चैत- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच गत महिना संसदमा सवाल-जवाफ भएको थियो । गगनले वाम गठबन्धनको घोषणापत्रमा लेखेको कुराहरू कण्ठ गरेर अब हिसाब माग्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणापत्र काम गर्नकै लागि बनाइएको जवाफ फर्काएका थिए ।

गत फागुन २७ गते चलेको यो सवाल-जवाफ प्रधानमन्त्रीले ३ सातासम्म पनि भुलेका रहेनछन् । मंगलबारको संसद बैठकमा पनि ओलीले गगनको प्रसंग उठाए ।

'अस्ति नै एकजना साथीले घोषणापत्र हेर्छौं भन्नु'भो, घोषणापत्र मात्र किन ? आजको हरेक पाइला र हरेक व्यवहार हेर्नुस्, भ्रष्टाचार गर्छ कि हेर्नुस्,' प्रधानमन्त्री ओलीले भने, 'हामी खबरदारी गरेको मन पराउँछौं ।'

साथै उनले आफ्नो सरकारमाथि प्रतिपक्षीको पनि विश्वास रहेको जिकिर गरे । 'सर्वोत्तम विकल्प यही सरकार हो,' ओलीले भने, 'राजनीतिका केही दलीय नियमले भोट दिन नमिलेका साथीहरूको पनि विश्वास छ, यो सरकार प्रतिबद्ध छ, भ्रष्टाचार रोक्छ-रोक्छ, विकास गर्छ-गर्छ ।' 
सम्बोधनका क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्